नेपाली

छ्यौश पत्रिकाद्वारा सी चिनफिङको महत्वपूर्ण लेख प्रकाशित

cri2023-05-31 19:10:59

जुन १ तारिख छापिने छ्यौश पत्रिकामा चीनका राष्ट्राध्यक्ष सी चिनफिङको चिनियाँ शैलीको आधुनिकीकरण चिनियाँ कम्युनिष्ट पार्टी नेतृत्वको समाजवादी आधुनिकीकरण शीर्षकमा महत्वपूर्ण लेख प्रकाशित हुँदैछ।

लेखले सीपीसी बीसौँ महाधिवेशनको प्रतिवेदनमा चिनियाँ शैलीको आधुनिकीकरण चिनियाँ कम्युनिष्ट पार्टी नेतृत्वको समाजवादी आधुनिकीकरण हो भन्ने कुरा स्पष्ट रूपमा उल्लेख गरेको छ। यो चिनियाँ शैलीको आधुनिकीकरणलाई परिभाषित गरेको छ भने पार्टीको नेतृत्व र चिनियाँ शैलीको आधुनीकीकरणको मूल दिशा, भविष्य, सफलतासँग प्रत्यक्ष सम्बन्ध रहेको दोहोर्याउनुभयो।

लेखका अनुसार, पार्टीको नेतृत्वले चिनियाँ शैलीको आधुनिकीकरणको मौलिक प्रकृतिको निर्णय गरेको छ, पार्टीको नेतृत्वले चिनियाँ शैलीको आधुनिकीकरण लक्ष्यलाई स्थिर रूपमा साकार पार्न जोड दिएको छ, पार्टीको नेतृत्वले चिनियाँ शैलीको आधुनिकीकरण गर्ने शक्ति प्रोत्साहन गरेको छ, पार्टीको नेतृत्वले चिनियाँ शैलीको आधुनिकीकरण गर्ने शक्ति संकलन गरेको छ।

Close
Messenger Pinterest LinkedIn