नेपाली

राष्ट्राध्यक्ष सी चिनफिङद्वारा बङ्गलादेशका बालक अलिफलाई जवाफी चिट्ठी

cri2023-05-31 10:27:19

हालै चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले बङ्गलादेशका बालक अलिफ चिनलाई जवाफी चिट्ठी पठाउँदै उनलाई राम्रोसँग सिक्न, सपना पूरा गर्नका लागि सक्दो प्रयास गर्न र चीन तथा बङ्गलादेशको परम्परागत मित्रतालाई निरन्तर उकास्न प्रोत्साहन गर्नुभएको छ।

राष्ट्राध्यक्ष सीले चीन र बङ्गलादेशका जनताहरू बीच प्राचीन कालदेखि नै असल छिमेकी र असल मित्र भएको तथा दुई मुलुकको हजार वर्षको मैत्रीपूर्ण आदान-प्रदानको इतिहास रहेको र छ सय वर्षअघि चीनको मिङ वंशका नाविक चङ हले दुई पटकसम्म बङ्गलादेशको भ्रमण गरेको र बताउनुभयो।

यसबाहेक, नाविक चङ हको भ्रमणको छ सय वर्षपछि चिनियाँ नौ सेनाको “शान्ति जहाज” नामक अस्पताल जहाजले सेवा गर्दैआएको पनि उहाँले उल्लेख गर्नुभयो। पछिल्लो समय उक्त अस्पताल जहाजमा कार्यरत् चिनियाँ महिला चिकित्सकले चिनकी आमालाई चिन जन्माउन सहयोग गरेको र चिनका बुबाले बङ्गाली भाषामा “चीन” अर्थात् “चुङ गो” शब्दमार्फत बच्चाको नामाकरण गरेको र चीन तथा बङ्गलादेशको मित्रतामा नयाँ अध्याय रचेको पनि राष्ट्राध्यक्ष सीले बताउनुभयो।

राष्ट्राध्यक्ष सीले चिनले आफ्नो सपना साकार तुल्याउने, समाजलाई सेवा दिने, मातृभूमिलाई योगदान दिने आशा व्यक्त गर्नुका साथै “जुन एक” अन्तर्राष्ट्रिय बाल दिवसको उपलक्ष्यमा शुभकामना पनि दिनुभयो।

Close
Messenger Pinterest LinkedIn