नेपाली

राष्ट्रिय सुरक्षा प्रणाली तथा क्षमता आधुनिकिकरणलाई तिब्र बनाउन चिनियाँ राष्ट्राध्यक्षको जोड

cri2023-05-30 19:51:52

चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष, केन्द्रीय समितिको सैन्य समितिका अध्यक्ष तथा केन्द्रीय समितिको राष्ट्रिय सुरक्षा परिषदका अध्यक्ष सी चिनफिङले मे ३० तारिख दिउँसो २०औँ केन्द्रीय समितिको राष्ट्रिय सुरक्षा परिषदको पहिलो बैठकको अध्यक्षता गर्दै महत्वपूर्ण सम्बोधन गर्नु भएको छ। उहाँले जोड दिनुभएअनुसार चिनियाँ कम्युनिष्ट पार्टीको २०औँ महाधिवेशनको भावनालाई पालन गर्दै वर्तमान राष्ट्रिय सुरक्षाका सामु देखापरेको जटिल गम्भीर परिस्थितिलाई गहन बुझेर राष्ट्रिय सुरक्षा प्रणाली तथा क्षमता आधुनिकिकरणलाई तिब्र बनाउनुपर्दछ जसबाट नयाँ सुरक्षा प्रारुपको विकास परिस्थितिलाई प्रत्याभूति गर्दै राष्ट्रिय सुरक्षा कार्यको नयाँ अवस्था सिर्जना गर्न सकिन्छ।

Close
Messenger Pinterest LinkedIn