नेपाली

कमरेड सी चिनफिङको “वैज्ञानिक तथा प्राविधिक आत्मनिर्भरता” शीर्षकको पुस्तक प्रकाशित

CRI2023-05-29 10:08:29

चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिअन्तर्गत पार्टीको इतिहास तथा साहित्य अनुसन्धान संस्थानले सम्पादन गरेको कमरेड सी चिनफिङको “वैज्ञानिक तथा प्राविधिक आत्मनिर्भरता” शीर्षकको पुस्तक हालै प्रकाशित गरी चीनभरि सार्वजनिक गरिएको छ।

उक्त पुस्तकमा वैज्ञानिक तथा प्राविधिक आत्मनिर्भरतासम्बन्धी कमरेड सी चिनफिङका ५० वटा महत्वपूर्ण लेखहरू सङ्ग्रहित छन्।

कमरेड सी चिनफिङले वैज्ञानिक तथा प्राविधिक आत्मनिर्भरताबारे महत्वपूर्ण भनाइ प्रकाशित गर्नुभएको छ। मानव समाजको प्रगतिमा वैज्ञानिक तथा प्राविधिक नवप्रवर्तनको महत्वपूर्ण स्थानबारे गहिरो रुपमा व्याख्या गर्नुभएको छ। चीनको वैज्ञानिक तथा प्राविधिक नवप्रवर्तनको रणनीतिक लक्ष्य, कार्य, कदम र आधारभूत मागबारे व्याख्या गर्नुहुँदै नयाँ विचार र नयाँ अवधारणा प्रस्तुत गर्नुभएको छ। कमरेड सी चिनफिङको महत्वपूर्ण भनाइ चीनको आधुनिकीकरणमार्फत चिनियाँ राष्ट्रको विशाल पुनरुत्थान चौतर्फी रुपमा बढाइनका लागि मार्गनिर्देशनको अर्थ बोकेको छ।

Close
Messenger Pinterest LinkedIn