नेपाली

राष्ट्राध्यक्ष सी चिनफिङद्वारा सन् २०२३ चोङ क्वान छुन फोरमलाई बधाई पत्र

cri2023-05-26 10:44:08

मे २५ तारिखमा चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले सन् २०२३ चोङ क्वान छुन फोरमलाई बधाई पत्र पठाउनुभएको छ।

राष्ट्राध्यक्ष सी चिनफिङले वर्तमानमा वैज्ञानिक तथा प्राविधिक क्रान्ति र औद्योगिक परिवर्तनको नयाँ चरणको गहिरो विकास भइरहेको बताउँदै साझा विकासका समस्या समाधान गर्न मानवजातिलाई पहिलेभन्दा धेरै अन्तर्राष्ट्रिय सहयोग, खुलापन र साझेदारीको आवश्यकता रहेको उल्लेख गर्नुभयो। चीनले खुलापनको पारस्परिक लाभ र साझा जीत रणनीतिलाई दृढताका साथ पछ्याइरहेको र विश्वका सबै देशहरूसँग मिलेर वैज्ञानिक तथा प्राविधिक आविष्कारको प्रवर्द्धन गर्न र सबै देशका जनतालाई अझ राम्रो फाइदा पुर्याउने विज्ञान तथा प्रविधिको प्रवर्द्धन गर्न इच्छुक रहेको पनि उहाँले बताउनुभयो।

राष्ट्राध्यक्ष सीले पैचिङलाई शिक्षा, विज्ञान तथा प्रविधि र प्रतिभामा आफ्नो फाइदालाई पूर्ण रूपमा उपयोग गर्न र वैज्ञानिक तथा प्राविधिक आविष्कार र संस्थागत आविष्कारलाई संयुक्त रूपमा प्रवर्द्धन गर्न पनि जोड दिनुभयो।

२०२३ चोङ क्वान छुन फोरम चिनियाँ विज्ञान तथा प्रविधि मन्त्रालय, राष्ट्रिय विकास तथा सुधार आयोग, उद्योग तथा सूचना प्रविधि मन्त्रालय, राज्यको स्वामित्वमा रहेको सम्पत्ति पर्यवेक्षण र राज्य परिषद्को प्रशासन आयोग, चिनियाँ विज्ञान प्रतिष्ठान, चिनियाँ एकेडेमी अफ इन्जिनियरिङ, विज्ञान तथा प्रविधिकालागि चीन संघ र पैचिङ नगरपालिका सरकारले संयुक्त रूपमा प्रायोजन गरेको छ।

Close
Messenger Pinterest LinkedIn