नेपाली

चीनका राष्ट्राध्यक्ष सी चिनफिङद्वारा मकाउ प्रविधि विश्वविद्यालयका शिक्षक शिक्षिका र विद्यार्थीलाई जवाफी चिठ्ठी

cri2023-05-24 14:38:05

मे २३ तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङले‘मकाउ वैज्ञानिक नम्बर १’उपग्रहको अध्ययनमा भाग लिएका मकाउ विज्ञान तथा प्रविधि विश्वविद्यालयका शिक्षक शिक्षिका र विद्यार्थीलाई जवाफी चिठ्ठी पठाउनुभएको छ।

जवाफी चिठ्ठीमा राष्ट्राध्यक्ष सीले ती शिक्षक शिक्षिका र विद्यार्थीद्वारा अध्ययन र निर्माण गरिएको‘मकाउ वैज्ञानिक नम्बर १’उपग्रहको प्रक्षेपण सफल भएकोमा हार्दिक शुभकामना दिनुभएको छ। केही वर्षयता मकाउले मातृभूमिसँग अन्तरिक्ष आदि क्षेत्रका प्राविधिक सहयोगलाई गहन पार्दै फलदायक बनाएको पनि राष्ट्राध्यक्ष सीले औँल्याउनुभएको छ। विश्व प्रविधिमा शक्तिशाली मुलुकको निर्माण र चिनियाँ शैलीको आधुनिकीकरणलाई अघि बढाउने उद्देश्यले मकाउ विश्वविद्यालय र मकाउका प्राविधिक कर्मचारीलाई व्यापक मौका प्रदान गर्ने पनि उहाँले चिठ्ठीमा उल्लेख गर्नुभएको छ।

‘मकाउ वैज्ञानिक नम्बर १’उपग्रह मातृभूमि र मकाउले संयुक्त रूपमा अध्ययन गरेको अन्तरिक्ष वैज्ञानिक उपग्रह हो। यसको मे २१ तारिख चीनको च्यु छुआन उपग्रहको प्रक्षेपण केन्द्रमा सफल प्रक्षेपण गरिएको थियो। अध्ययनमा भाग लिएका मकाउ प्रविधि विश्वविद्यालयका १८ जना शिक्षक र विद्यार्थीले राष्ट्राध्यक्ष सीलाई चिठ्ठी लेखेर उपग्रहको अध्ययन क्रमको अनुभव बारे जानकारी दिएका थिए।

Close
Messenger Pinterest LinkedIn