नेपाली

सी चिनफिङद्वारा चीनको राष्ट्रिय कला सङ्ग्रहालयका पुराना विज्ञ र कलाकारहरूलाई जवाफी पत्र

cri2023-05-23 15:02:56

चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले मे २१ तारिख चीनको राष्ट्रिय कला सङ्ग्रहालयका पुराना विज्ञ तथा कलाकारहरूलाई जवाफी पत्र पठाउनुभएको छ। चीनको राष्ट्रिय कला सङ्ग्रहालय खोलिएको ६०औँ वार्षिकोत्सवको अवसरमा उहाँले सङ्ग्रहालयमा रहेका सबै कमरेडहरूलाई हार्दिक बधाई तथा हार्दिक अभिवादन गर्नुभएको छ।

सी चिनफिङले आफ्नो जवाफी पत्रमा चीनको राष्ट्रिय कला सङ्ग्रहालयले नयाँ चीनमा ललित कलाको तीव्र विकास देखेको र सकारात्मक नतिजा हासिल गरेको बताउनुभयो।

चीनको राष्ट्रिय कला सङ्ग्रहालय नयाँ चीनको स्थापनापछि स्थापना भएको राष्ट्रिय स्तरको कला सङ्ग्रहालय हो। हालै चीनको राष्ट्रिय कला सङ्ग्रहालयका १३ जना पुराना विज्ञ तथा कलाकारहरूले राष्ट्राध्यक्ष सी चिनफिङलाई पत्र लेखेर चीनको राष्ट्रिय कला सङ्ग्रहालयको निर्माण तथा विकास प्रतिवेदन बुझाउँदै उच्च गुणस्तरीय विकासमा योगदान पुर्याउने दृढ संकल्प व्यक्त गरेका थिए।

Close
Messenger Pinterest LinkedIn