नेपाली

चीनका राष्ट्राध्यक्ष सी चिनफिङद्वारा शाङहाईका फोहोर वर्गीकरण स्वयंसेवकहरूलाई जवाफी चिठ्ठी

cri2023-05-22 14:43:14

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले मे २१ तारिख शाङहाई हौङखौ क्षेत्रको च्यासिङ सडकका फोहोर वर्गीकरण गर्ने स्वयंसेवकहरूलाई जवाफी चिठ्ठी पठाएर उनीहरूलाई प्रोत्साहन गर्नुभएको छ।

जवाफी चिठ्ठीमा राष्ट्राध्यक्ष सीले पाँच वर्ष अगाडि यी स्वयंसेवकहरूसँग फोहोरको वर्गीकरणबारे आदानप्रदान गरेको सम्झना गर्दै यी स्वंयसेवकहरूले नागरिक सेवा व्यवहारमा गहिरो छाप पारेको बताउनुभएको छ। केही वर्षको प्रचारपछि फोहोर वर्गीकरण कार्यमा नयाँ उपलब्धि हासिलसँगै नागरिकमा वातावरणको संरक्षण गर्ने विचार उकासिएको तथा बसोबास क्षेत्रको वातावरण अझै सुन्दर भएको थाहा पाएर राष्ट्राध्यक्ष सीलाई निकै खुशी लागेको उल्लेख गर्नुभएको छ।

राष्ट्राध्यक्ष सीले फोहोरको वर्गीकरण र स्रोतको पुनःप्रयोग गर्ने यस्ता सानो कुरामा उच्च ध्यान दिनुभएको छ। केही वर्षयता चीनमा फोहोर वर्गीकरण कार्य निरन्तर अघि बढाइएको छ। २९७ वटा सहरमा सम्पूर्ण रूपमा जीवन फोहोरको वर्गीकरण सञ्चालन भएको छ।

हालै शाङहाई हौङखौ क्षेत्रको च्यासिङ सडकका स्वयंसेवकहरूले राष्ट्राध्यक्ष सीलाई चिठ्ठी लेखेर स्थानीय फोहोर वर्गीकरण कार्यको अवस्थाबारे जानकारी दिएका थिए।

Close
Messenger Pinterest LinkedIn