नेपाली

सी चिनफिङद्वारा अन्तर्राष्ट्रिय पुनःस्थापना संगठनको शतवार्षिकी समारोहलाई बधाई सन्देश

cri2023-05-21 15:58:56

मे २१ मा चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले अन्तर्राष्ट्रिय पुनःस्थापना संगठनको (रिह्याबिलिटेशन इन्टरनेसनल) शतवार्षिकी समारोहलाई बधाई सन्देश पठाउनुभएको छ। यो दिन चीनमा शारिरिक विकलाङ्गलाई सहयोग गर्ने राष्ट्रिय दिन पनि हो। यसै अवसरमा चीनमा रहेका अपाङ्गहरू र उनीहरूका नातेदारहरू, यसै क्षेत्रमा कार्यरत ठूलो संख्याका श्रमिकहरूलाई हार्दिक शुभकामना व्यक्त गर्नुभयो। साथै सीले चीनमा अपाङ्गको हेरचाह र समर्थन गर्ने अन्तर्राष्ट्रिय संस्थाहरू एवम् समाजका विभिन्न क्षेत्रका व्यक्तिहरूलाई हार्दिक धन्यवाद पनि व्यक्त गर्नुभयो।

अपाङ्गहरूको गरिमाको रक्षा गर्न, उनीहरूको अधिकारको रक्षा गर्न र उनीहरूको हित-कल्याण सुधार गर्न यस अन्तर्राष्ट्रिय संगठनले निरन्तर प्रयास गरिरहेको पनि सीले सन्देशमा उल्लेख गर्नुभयो। चीनले अन्तर्राष्ट्रिय पुनःस्थापना कार्यको सक्रियताका साथ समर्थन गरिरहेको छ र विकासोन्मुख देशहरूमा अपाङ्गहरूको विकासलाई बढाउन प्रयासरत भइरहेको छ।

अन्तर्राष्ट्रिय पुनःस्थापनाको शतवार्षिकी समारोह चीन अपाङ्ग व्यक्तिहरूको महासंघद्वारा २१ तारिखका दिन पैचिङमा आयोजना गरिएको थियो।

Close
Messenger Pinterest LinkedIn