नेपाली

मोन्टेनेग्रोका राष्ट्रपतिलाई चिनियाँ राष्ट्राध्यक्ष सीको बधाई

cri2023-05-21 07:30:41

मे २० तारिख चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले याकोभ मिराटोभिच मोन्टेनेग्रोको राष्ट्रपतिको पदमा चयन हुनुभएकोमा फोनमार्फत् बधाई ज्ञापन गर्नुभएको छ।

फोनमा सीले यसरी भन्नुभयो, ‘चीन र मोन्टेनेग्रोले एकअर्कालाई सधैं सम्मान र विश्वास गर्ने र एकअर्कालाई समान व्यवहार गर्ने गरेका छन्। दुवै देशका जनताले एकअर्काको सम्मान गर्ने गरेका छन्। चीन र मोन्टेनेग्रोबीचको सम्बन्धको विकासमा उच्च महत्व दिँदै म र राष्ट्रपति मिराटोभिकसँग मिलेर दुई देशबीचको प्रगाढ मित्रतालाई निरन्तरता दिँदै जाने इच्छा लिएको छु। द्विपक्षीय सम्बन्धको निरन्तर विकासको संयुक्त नेतृत्व गर्दै दुई देशका जनताको अझ बढी हित कल्याण सिर्जना गर्दै जान इच्छुक छु।’

Close
Messenger Pinterest LinkedIn