नेपाली

चीन र मध्य एशियाका ५ मुलुक बीच सहकार्यको नयाँ युगको शुभारम्भ

cri2023-05-16 10:39:45

गत वर्ष चीनका राष्ट्राध्यक्ष सी चिनफिङ तथा मध्य एशियाका ५ वटा मुलुकका राष्ट्रनायकले अनलाईनमार्फत भेला भई संयुक्त रूपमा दौत्य सम्बन्ध स्थापनाको ३०औं वार्षिकोत्सव मनाउनुभएको थियो। यसै मे १८ देखि १९ तारिखसम्म ६ वटा मुलुकका राष्ट्रनायकले पल्लो शान सीको सिआन शहरमा पहिलोपल्ट ‘अफलाईन’ शिखर सम्मेलनको आयोजना गर्नुहुनेछ। त्यस अवसरमा उहाँहरूले द्वीपक्षीय सम्बन्धको विकास इतिहासको पुन:सिंहावलोकन गर्नुबाहेक चीन-मध्य एशिया व्यवस्थाको निर्माण र विविध क्षेत्रमा रहेका आपसी सहकार्य लगायतका विषयहरूबारे वैचारिक आदान प्रदान गर्नुहुनेछ।

सन् २०१३ को सेप्टेम्बर महिनामा राष्ट्राध्यक्ष सीले कजाकस्तानको भ्रमण गर्ने अवधिमा सिर्जनशील सहकार्यको ढाँचामार्फत सँगै मिलेर रेशमी मार्गको आर्थिक पेटीको निर्माण गर्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। उहाँको प्रस्तावलाई मध्य एशियाका ५ वटा मुलुकले सक्रियताका साथ प्रतिकृया जनाएका थिए।

Close
Messenger Pinterest LinkedIn