नेपाली

गौरब नै श्रमिक कामदारको धनसम्पत्ति

cri2023-04-28 15:17:31

“गौरब नै श्रमिक कामदारको सम्पत्ति हो भने सुख पनि श्रमिकहरूको सम्पत्ति हो।” यो वाक्यले श्रमद्वारा सुखमय जीवनको सिर्जना गर्ने विषयको ठोस ब्याख्या गर्दछ। चिनियाँ कम्युनिष्ट पार्टीको १८ औं महाधिवेशनयता राष्ट्राध्यक्ष सी चिनफिङले धेरैपटक गरी श्रमिक सिर्जनाको प्रशंसा गर्नुका साथै श्रमिक भावनाको गुणगान गर्नुभएको छ। यसबाहेक, उहाँले नयाँ युगको चिनियाँ विशेषतायुक्त समाजवादी महान विजय हासिल गर्न र सम्पूर्ण रूपमा सम्पन्न समाजको निर्माण गर्न देशभरका श्रमिक कामदारहरूलाई प्रेरणा दिनुभएको छ।

चिनियाँ कम्युनिष्ट पार्टीको १८ औं महाधिवेशनयता राष्ट्राध्यक्ष सीले देशभित्र निरीक्षण भ्रमणको अवधिमा श्रमिक कामदारहरूसँग घनिष्ट सम्पर्क राख्नुभयो। ग्रामीण क्षेत्रमा उहाँले किसानहरूसँग कुराकानी गर्नुभयो, कारखानामा उहाँले मजदुरसँग सिर्जनशीलताबारे सोधबुझ गर्नुभयो, शहरमा घुम्दा उहाँले एक्सप्रेस डेलिभरीकर्ता र सफा गर्ने कामदारहरूको सराहना गर्नुभयो। सामान्य श्रमिक कामदारहरूलाई सी चिनफिङले सधैं आफ्नो मनमा राख्ने गर्नुहुन्छ।

Close
Messenger Pinterest LinkedIn