नेपाली

चिनियाँ राष्ट्राध्यक्ष र आइभोरी कोस्टका राष्ट्रपतिबीच बधाई सन्देश आदानप्रदान

cri2023-03-02 10:04:20

मार्च २ तारिख चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङ र आइभोरी कोस्टका राष्ट्रपति अलासान द्रामाने औटाराले चीन र आइभोरी कोस्ट यी दुई मुलुकबीच दौत्य सम्बन्ध स्थापना भएको ४०औँ वार्षिकोत्सवको अवसरमा एक आपसमा बधाई सन्देश पठाउनुभएको छ।

राष्ट्राध्यक्ष सीका अनुसार, ४० वर्षयता चीन र आइभोरी कोस्टले सदिच्छापूर्ण मित्रता राख्दै केन्द्रीय हित तथा महत्त्वपूर्ण अभिरुचि र समस्यामा एक आपसलाई समर्थन दिँदै विकास पुनरुत्थानको बाटोमा महत्वपूर्ण साझेदार बनेका छन्। राष्ट्रपति औटारासँग यी दुबै मुलुकबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन प्रयास गर्दै जान इच्छुक रहेको राष्ट्राध्यक्ष सीले उल्लेख गर्नुभएको छ।

राष्ट्रपति औटाराका अनुसार चीनसँगको सहयोगमा आइभोरी कोस्टले अझ ठूलो विकास हासिल गर्न प्रवर्द्धन गर्ने आशा छ।

Close
Messenger Pinterest LinkedIn