नेपाली

सीपीसी केन्द्रीय समितिको राजनीतिक ब्युरोको तेस्रो सामूहिक अध्ययन

cri2023-02-22 15:08:54

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्युरोले फेब्रुअरी २१ तारिख दिउँसो आधारभुत अनुसन्धानलाई सबल पार्ने विषयबारे तेस्रो सामूहिक अध्ययनको आयोजना गरेको छ। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव सी चिनफिङले सो अध्ययनको अध्यक्षता गर्नुभयो। सो अवसरमा उहाँले आधारभुत अनुसन्धानलाई सबल पार्न उच्च स्तरीय विज्ञान प्रविधि आत्म निर्भर हुने आवश्यक सर्त रहेको भन्दै विश्व विज्ञान प्रविधि सशक्त मुलुकको निर्माण गर्ने आवश्यक बाटो पनि हो भन्ने कुरामा जोड दिनुभएको छ।

पैचिङ विश्वविद्यालयका महानिर्देशक एवम् चिनियाँ विज्ञान प्रतिष्ठानका सदस्य प्राध्यापक कोङ छी ह्वाङले उक्त विषयको विस्तृत रूपमा ब्याख्या गर्नुका साथै कार्य प्रस्ताव पनि प्रस्तुत गर्नुभएको छ। केन्द्रीय समितिको राजनीतिक ब्युरोका सदस्यहरूले उहाँको ब्याख्याको निष्ठापूर्वक सुनुवाइ गर्ने र त्यस विषयबारे विचार विमर्श गरेका छन्।

महासचिव सीले प्राध्यापकको ब्याख्या सुनेपछि महत्वपूर्ण सम्बोधन पनि गर्नुभएको छ।

Close
Messenger Pinterest LinkedIn