नेपाली

चीनका राष्ट्राध्यक्षद्वारा ल्याटिन अमेरिकी र क्यारेबियन राज्य समुदायको सातौँ शिखर सम्मेलनलाई भिडियो सम्बोधन

CRI2023-01-30 18:20:49

जनवरी ३० तारिख चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता माउ निङले नियमित पत्रकार सम्मेलनको अध्यक्षता गर्नुभएको छ। पत्रकारले सोधेको प्रश्नअनुसार, हाल ल्याटिन अमेरिकी र क्यारेबियन राज्य समुदायको सातौँ शिखर सम्मेलन अर्जेन्टिनाको राजधानी ब्यूनस् आयर्समा आयोजना भएको छ। चीनका राष्ट्राध्यक्ष सी चिनफिङले उक्त सम्मेलनलाई भिडियो सम्बोधन गर्नुभयो।

प्रवक्ता माउकाअनुसार, पैचिङ समय जनवरी २५ तारिख ल्याटिन अमेरिकी र क्यारेबियन राज्य समुदायको सातौँ शिखर सम्मेलन अर्जेन्टिनाको राजधानी ब्यूनस् आयर्समा आयोजना भएको हो। अर्जेन्टिनाका राष्ट्रपति फर्नान्डेजको निमन्त्रणामा चीनका राष्ट्राध्यक्ष सी चिनफिङले उक्त शिखर सम्मेलनलाई भिडियोमार्फत सम्बोधन गर्नुभयो।

प्रवक्ता माउले चीनले राष्ट्राध्यक्ष सी चिनफिङको भिडियो सम्बोधनलाई लिएर ल्याटिन अमेरिकी र क्यारेबियन राष्ट्रसँग नयाँ युगमा दुई पक्षको सम्बन्धलाई नयाँ भर्‍याङ चढ्न अगाडि बढाउने, चीन र ल्याटिन अमेरिकी र क्यारिबियन राष्ट्रबीच भाग्य समुदायको सिर्जना गर्ने कुरा बताउनुभयो।

Close
Messenger Pinterest LinkedIn