नेपाली

सी चिनफिङद्वारा पपुवा न्यू गिनीका गभर्नरलाई बधाइ

cri2023-01-28 16:41:11

जनवरी २७ तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङले पपुवा न्यु गिनीका गभर्नरमा लगातार नियुक्त हुनुभएकामा बब दादाएलाई बधाइ सन्देश पठाउनुभएको छ।

सी चिनफिङले पपुवा न्यु गिनी नयाँ चीनसँग कुटनीतिक सम्बन्ध स्थापना भएका प्रशान्त टापु मुलुकमध्येको एक हो भने दुई देशबीचको परम्परागत मित्रता सधैँभरि रहने उल्लेख गर्नुभयो। सीले हाल चीन र पपुवा न्यु गिनीबीच व्यापक रणनीतिक साझेदारी सम्बन्धको उच्च स्तरीय विकास हुनुका साथै विभिन्न क्षेत्रका आदान-प्रदान र सहयोगको पर्याप्त उपलब्धि भएको छ जसबाट दुई देशका जनतालाई ठूलो फाइदा पुर्याइएको व्यक्त गर्नुभयो। आफूले चीन-पपुवा न्यु गिनी सम्बन्ध विकासमा उच्च ध्यान दिनुका साथै गभर्नर बब दादाएसँग मिलेर दुई देश सम्बन्धलाई अघि बढाउने इच्छा लिएको सीले दोहोर्याउनुभयो।

Close
Messenger Pinterest LinkedIn