नेपाली

राष्ट्राध्यक्ष सी चिनफिङ तथा अङ्गोलाका राष्ट्रपति बीच दौत्य सम्बन्ध स्थापनाको ४० औँ वार्षिकोत्सवको अवसरमा बधाई सन्देशको आदानप्रदान

cri2023-01-12 11:13:08

जनवरी १२ तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङ र अङ्गोलाका राष्ट्रपति जोओ मानुएल लुरेन्कोले चीन र अङ्गोलाका बीच दौत्य सम्बन्ध कायम भएको ४० औँ वार्षिकोत्सवको अवसरमा एक अर्कालाई शुभकामना सन्देश पठाउनुभएको छ।

आफ्नो सन्देशमा राष्ट्राध्यक्ष सीले दौत्य सम्बन्ध कायम भएको ४० वर्षयता चीन र अङ्गोला दुवै मुलुकले हातमा हात मिलाउँदै सदिच्छापूर्ण रूपमा आआफ्नो केन्द्रीय हित सम्बन्धी विषयमा एकले अर्कालाई समर्थन गर्दै आएको उल्लेख गर्नुभएको छ। राष्ट्राध्यक्ष सीले राष्ट्रपति लुरेन्को सँगसँगै राजनीतिक पारस्परिक विश्वासलाई गहन पारी चीन र अङ्गोलाका बीचको रणनीतिक साझेदारी सम्बन्धको नयाँ अध्याय खोल्दै जान चीन इच्छुक रहेको पनि औँल्याउनुभएको छ।

राष्ट्रपति लुरेन्कोले चीनसँग मिलेर मैत्रीपूर्ण सहयोगात्मक सम्बन्धलाई सबल पारी साझा जीत हुने राम्रो भविष्यको उपभोग गर्नसक्ने शुभेच्छा प्रकट गर्नुभएको छ।

Close
Messenger Pinterest LinkedIn