नेपाली

"सत्यको खोजी" नामक पत्रिकाद्वारा महासचिव सी चिनफिङको महत्त्वपूर्ण सम्बोधन प्रकाशित

cri2022-12-31 18:43:01

सन् २०२३ वर्षको जनवरी १ तारिख प्रकाशन हुने "सत्यको खोजी" नामक पत्रिकाको पहिलो अंकमा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, चीनका राष्ट्राध्यक्ष एवम् केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिन फिङद्वारा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको २० औँ महाधिवेशको पहिलो पूर्ण बैठकमा दिइएको सम्बोधन प्रकाशित हुनेछ। सो सम्बोधनको शीर्षक "चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको २०औँ महाधिवेशनबाट निश्चित लक्ष्य र कार्यलाई साकार तुल्याउन सँगै संघर्ष गर्नुपर्ने" रहेको छ।

उक्त सम्बोधनमा पहिलो पूर्ण बैठकले पार्टीको नयाँ केन्द्रीय नेतृत्व गर्ने टोलीको निर्वाचन कार्य सफलताका साथ सम्पन्न भएकोमा जोड दिइएको छ। आधुनिक समाजवादी राष्ट्रको सम्पूर्णरूपमा निर्माण गर्न र चिनियाँ महान् पुनरोत्थान र समृद्धि हुने कल्पनालाई साकार तुल्याउन सबैले प्रयास गर्नुपर्ने बिषय उल्लेख छ।

सम्बोधनका अनुसार नयाँ केन्द्रीय समितिका सदस्यहरू सम्पूर्ण पार्टी र देशका सबै जनताको ठूलो विश्वास बोकेका र यसबाट जनतामा ठूलो सम्मान देखाउनुका साथै ठूलो जिम्मेवारी पनि दिएको कुरा जनाइएको छ।

Close
Messenger Pinterest LinkedIn