नेपाली

राष्ट्राध्यक्ष सीद्वारा देशप्रेमी स्वास्थ्य आन्दोलनप्रति महत्त्वपूर्ण निर्देशन

cri2022-12-26 18:43:55

देशप्रेमी स्वास्थ्य आन्दोलनको ७०औं वार्षिकोत्सवका उपलक्ष्यमा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष एवम् केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिन फिङले महत्त्वपूर्ण निर्देशन दिँदै विगत ७० वर्षयता चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा देशप्रेमी स्वास्थ्य आन्दोलनले जनताको स्वास्थ्यलाई केन्द्रमा राखेर शहर तथा ग्रामिण क्षेत्रको स्वास्थ्य वातावरणमा सुधार र गम्भिर सरुवा रोगको प्रभावकारी रुपमा सामना गर्नका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभएको छ।

हाल चीनमा कोरोना महामारीको प्रतिरोध तथा नियन्त्रण कार्यको सामु नयाँ स्थिति र नयाँ जिम्मेवारी देखा परेको हुनाले अरु प्रभावकारी रुपमा लक्षित गरी देशप्रेमी स्वास्थ्य आन्दोलनको आयोजना गर्नुपर्ने कुरामा उहाँले जोड दिनुभएको छ।

Close
Messenger Pinterest LinkedIn