नेपाली

खेतमा राष्ट्राध्यक्ष सी चिनफिङ

cri2022-12-25 16:25:59

खेत चीनका राष्ट्राध्यक्ष सी चिनफिङले धेरैपटक निरीक्षण गर्ने ठाउँ हो। सन् २०२२ मा उहाँले धेरैपटक खेतमा अन्नपातको उत्पादनबारे ध्यान दिनुभएको छ।

जुन ८ तारिख राष्ट्राध्यक्ष सी चिनफिङले स छ्वान प्रान्तीय युङ फङ गाउँको निरीक्षण गर्दै स्थानीय उच्च मापदण्ड धान रोपण आधारमा सछ्वान कृषि विश्वविद्यालयका प्रोफेसर मा च्युलाई धानको बारेमा सोध्नुभएको थियो। उहाँले आधुनिक कृषि विज्ञान तथा प्रविधिको प्रयोग र प्राविधिक तालिमलाई सबल पारेर हरित कृषि, पर्यावरणीय कृषि र उच्च प्रभावकारी कृषिको विकास गर्न बताउनुभएको छ।

यसै गरी, अप्रिलमा राष्ट्राध्यक्ष सी चिनफिङले हाइनान प्रान्तको निरीक्षण गर्नुहुँदा पहिलो स्थल या चौ खण्ड बीउ प्रयोगशाला थियो। उहाँका अनुसार, आफ्नो हातमा चिनियाँ बीउ भएमा स्थिरताका साथ चीनको कचौरा राख्ने र खाद्यान्नको सुरक्षा हुने छ।

यस्तै, जुलाईमा राष्ट्राध्यक्ष सी चिनफिङले सिन्च्याङ युगुर स्वायत् प्रदेशको निरीक्षण गर्नुभएको थियो। उहाँले थुलुफान शहरमा स्थानीय विशेषतायुक्त अंगुरको विकासबारे जानकारी लिनुभएको थियो।

चालू वर्ष प्रचुर मात्रामा स्याउ भित्र्याइएको छ। अक्टोबरमा उहाँले पल्लो शानसी प्रान्तको भ्रमण गर्दै स्थानीय स्याउको रोपण प्रविधि, विक्री भाउ र गाउँलेको आम्दानीलगायत ठोस विषयबारे जानकारी लिनुभएको थियो।

हाल, स्थानीय स्याउ चीनभरि विक्री हुनुका साथै दक्षिण-पूर्वी एशियाली मुलुकसम्म विक्री भएका छन्। चिनियाँ अन्तरिक्ष स्टेशनमा समेत त्यहाँको स्याउ लगिएको छ।

खेतको निरीक्षण क्रममा राष्ट्राध्यक्ष सी चिनफिङले ध्यान दिनुभएको मुख्य कुरा खाद्यन्न सुरक्षा मामिला र जनजीवन हो।

Close
Messenger Pinterest LinkedIn