नेपाली

राष्ट्राध्यक्ष सी चिनफिङबाट कलाकारलाई प्रोत्साहन

cri2022-12-25 16:18:22

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिका महासचिव, चीनका राष्ट्राध्यक्ष एवम् केन्द्रिय सैन्य आयोगका अध्यक्ष सी चिनफिङले २४ तारिख चाइना ओरियन्टल पर्फमिङ आर्ट्स ग्रुपका कलाकारहरूलाई जवाफी चिट्ठी पठाएर चिनियाँ कम्युनिष्ट पार्टीको २०औँ महाधिवेशनको भावना गहन रूपमा सिक्न तथा सोको प्रसारण गरी समाजवादी सांस्कृतिक शक्तिशाली देशको निर्माणमा नयाँ योगदान दिन प्रोत्साहन गर्नुभएको छ।

उहाँका अनुसार, चालू वर्ष चाइना ओरियन्टल पर्फमिङ आर्ट्स कलाकार समूहको पूर्व संस्था अर्थात् केन्द्रिय नाचगान मण्डल स्थापना भएको ७०औँ वार्षिकोत्सव र पूर्वी नाचगान मण्डलको स्थापना भएको ६०औँ वार्षिकोत्सव हो। उहाँले कलाकारहरू र सबै कलाकारहरूलाई हार्दिक बधाई व्यक्त गर्नुकासाथै अभिवादन गर्नुभएको छ।

Close
Messenger Pinterest LinkedIn