नेपाली

चीनका राष्ट्राध्यक्ष सी चिनफिङद्वारा स्लोभेनियाका नवनियुक्त राष्ट्रपतिलाई बधाई सन्देश

cri2022-12-24 15:47:53

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले २२ तारिख स्लोभेनियाका नवनियुक्त राष्ट्रपति नताशा पिल्ट्स मुसारलाई बधाई सन्देश पठाउनुभएको छ।

राष्ट्राध्यक्ष सीका अनुसार, केही वर्षयता चीन र स्लोभेनियाको सम्बन्ध स्थिरताका साथ विकास भएको छ। दुई देशले आपसी राजनीतिक विश्वासलाई सबल पार्नुका साथै विकास रणनीतिमा सम्पर्क गरी विभिन्न क्षेत्रको व्यावहारिक सहयोगबाट फलदायी उपलब्धि हासिल भएको छ।

राष्ट्राध्यक्ष सीले दुई देशको सम्बन्धको विकासमाथि उच्च मूल्याङ्कन गर्नुकासाथै राष्ट्रपति मुसारसँग परम्परागत मित्रतालाई सुदृढ गर्नुका साथै विभिन्न क्षेत्रको आदानप्रदान तथा सहयोगलाई गहन पारी सम्बन्धलाई अझै उच्चस्तरमा पुर्याउने र दुई देश तथा देशका जनतालाई फाइदा पुर्याउने इच्छा रहेको व्यक्त गर्नुभएको छ।

Close
Messenger Pinterest LinkedIn