नेपाली

《जैविक विविधता सन्धि》मा सहभागीहरूको १५औँ सम्मेलनको दोस्रो चरणगत उच्चस्तरीय बैठकको उद्घाटनमा राष्ट्राध्यक्ष सी चिनफिङको सम्बोधन

CRI2022-12-16 09:31:26

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले १५ तारिख भिडियोमार्फत क्यानाडामा आयोजित《जैविक विविधता सन्धि》मा सहभागीहरूको १५औँ सम्मेलनको दोस्रो चरणगत उच्चस्तरीय बैठकको उद्घाटन समारोहमा सम्बोधन गर्नुभएको छ।

राष्ट्राध्यक्ष सीका अनुसार, मानवजाति भाग्य समुदाय हो। एकता र सहयोग गरेमा मात्रै विश्वव्यापी चुनौतीको प्रभावकारी सामना गर्नसक्छ। पर्यावरण विकास भएमा सभ्यताको विकास हुनेछ। हातमा हात मिलाएर प्रयास गरेर मानव र प्रकृतिको मेलमिलाप तथा सहअस्तित्व बढाएर पृथ्वीमा जीवन भाग्य समुदाय र स्वच्छ तथा सुन्दर विश्वको साझा निर्माण गर्नुपर्छ।

चीनले पर्यावरणीय सभ्यताको निर्माण तथा जैविक विविधताको सुरक्षालाई सक्रिय रूपमा बढाएर जैविक प्रणालीको विविधता, स्थिरता र दिगो विकास क्रमशः सबल पार्दै जैविध विविधताको संरक्षण गर्न चिनियाँ विशेषतायुक्त मार्ग खोजेको छ। भविष्यमा चीनले पर्यावरणीय सभ्यताको निर्माणलाई निरन्तरर रूपमा सबल पार्नेछ। राष्ट्र संघीय पर्यावरणीय प्रणालीको पुनर्स्थापनासम्बन्धी दश वर्ष योजनाको पालना गरेर जैविक विविधताको संरक्षण गर्ने अनेकन् महत्वपूर्ण परियोजनालाई व्यवहारमा उतार्नुका साथै “बेल्ट एण्ड रोड” हरित विकास अन्तर्राष्ट्रिय संघमार्फत् खुनमिङ जैविक विविधता कोषको प्रयोग गरी विकासोन्मुख देशहरूलाई सक्दो प्रयासमा समर्थन तथा सहयोग गर्नेछ। यसबाट विश्व जैविक विविधताको व्यवस्थालाई नयाँ चरणमा पुर्याउने राष्ट्राध्यक्ष सीले बताउनुभएको छ।

Close
Messenger Pinterest LinkedIn