नेपाली

राष्ट्राध्यक्ष सी चिनफिङ र साउदी अरेबियाका प्रधानमन्त्रीबीच भेट-वार्ता

cri2022-12-09 11:21:19

डिसेम्बर ८ तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङले रियाद दरबारमा साउदी अरेबियाका राजकुमार एवम् प्रधानमन्त्री मुहमद बिन सलमान बिन अब्देल अजिज अल साउदसँग भेट-वार्ता गर्नुभएको छ।

राष्ट्राध्यक्ष सी चिनफिङले राष्ट्रिय सार्वभौमिकता, सुरक्षा, स्थिरता, समृद्धिको संरक्षण गर्ने र देशको अवस्थासँग अनुकूल रहेको विकास बाटोमा अडिग रहने साउदी अरेबियाको नीतिको चीनले दृढ समर्थन गरेको दोहोर्याउनुभयो। सन् २०३० परिदृश्य, हरित मध्यपूर्वलगायत साउदी अरेबियाका अनेकन् महत्वपूर्ण विकास प्रस्तावलाई चीनले समर्थन गर्नुका साथै साउदी अरेबियाको औद्योगिक प्रकृयामा सक्रियताका साथ संलग्न भएर साउदी अरेबिया आर्थिक बहु-आयाम विकासलाई सहयोग गर्ने इच्छा लिएको पनि सीले उल्लेख गर्नुभयो। सी चिनफिङले दुई पक्षले वेल्ट एन्ड रोड इनिशिएटिभ र साउदी अरेबियाको सन् २०३० परिदृश्य जोड्नेलाई व्यवहारमा उतारेर दुई देशका विभिन्न क्षेत्रको सहयोगका अरू बढी उपलब्धि हासिल गराउनुपर्ने कुरामा जोड दिनुभयो।

मुहमदले चीनको ठूलो आर्थिक विकास भएसँगै साउदी अरेबियाको सन् २०३० परिदृश्य पनि साकार हुँदैछ भन्दै साउदी अरेबियाले चीनसँग आपसी समर्थनलाई बढाएर साउदी अरेबिया-चीन व्यापक रणनीतिक साझेदारी सम्बन्धलाई अझ उच्च स्तरमा उकास्ने अपेक्षा लिएको व्यक्त गर्नुभयो।

दुई पक्षले जन गणतन्त्र चीन र साउदी अरेबिया राज्यबीच संयुक्त वकतव्य पनि प्रकाशित गरेका छन्।

Close
Messenger Pinterest LinkedIn