नेपाली

चीनका राष्ट्राध्यक्ष सी चिनफिङको साउदी अरेबिया भ्रमणद्वारा चीन अरब भाग्य एकरूपतामा नयाँ जीवन्त शक्ति थपिने

cri2022-12-09 10:34:30

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले पहिलो चीन-अरबेली मुलुक शिखर सम्मेलन तथा चीन-खाडी अरबेली मुलुक सहयोग शिखर सम्मेलनमा भाग लिन तथा साउदी अरेबियाको राष्ट्रिय भ्रमणको उपलक्ष्यमा चाइना मिडिया ग्रुप अन्तर्गत चाइना ग्लोबल टेलिभिजन नेटवर्क अर्थात् सीजीटीएनको थिंकट्याङ्कले चीनको छिङ ह्वा विश्वविद्यालय एपस्टेन विदेशी प्रचार अध्ययन केन्द्रसँग मिलेर एउटा प्रश्नावली तयार गरेको छ। विश्वका २० मुलुकका ४ हजार जना मानिसले उक्त प्रश्नावलीमा भाग लिएका छन्। प्रश्नावलीको नजीताअनुसार,९४.२ प्रतिशत उत्तरदाताले चीनले प्रस्तुत गरेको शान्ति,विकास,समान,न्याय,प्रजातन्त्र र स्वतन्त्र भएको मानव जातिको संयुक्त मूल्यको प्रशंसा गर्नुका साथै ८५ प्रतिशतका उत्तरदाताले मावन जाति भाग्य एकरूपताको विचार स्वीकार गरेका छन्।

विगत १० वर्षमा चीन र २० वटा अरबेली मुलुकसँग बेल्ट एण्ड रोडको संयुक्त निर्माण गर्ने सहयोगात्मक दस्ताबेजमा हस्ताक्षर गरेका छन्। १७ वटा अरबेली मुलुकहरूले चीनले प्रस्तुत गरेको विश्व विकास प्रस्तावको समर्थन गरेका छन्।

Close
Messenger Pinterest LinkedIn