नेपाली

चीनका राष्ट्राध्यक्ष सी चिनफिङद्वारा साउदी अरेबियाको सञ्चार माध्यममा हस्ताक्षर लेख प्रकाशित

cri2022-12-08 14:02:16

पहिलो चीन-अरबेली मुलुक शिखर सम्मेलन तथा चीन-खाडी अरबेली मुलुक सहयोग शिखर सम्मेलनमा भाग लिन तथा साउदी अरेबियाको राष्ट्रिय भ्रमण गर्न डिसेम्बर ८ तारिख रियाद पुग्नुभएको चीनका राष्ट्राध्यक्ष सी चिनफिङले ‘रियाद अखबार’ मा एउटा‘हजारौँ वर्ष लामो मित्रताको बिँडो थाम्ने,सुन्दर भविष्यको सिर्जना गर्ने’शीर्षकमा हस्ताक्षर लेख प्रकाशित गर्नुभएको छ।

लेखमा मुख्य चार पक्षबाट चीन अरबेली मुलुकको ऐतिहासिक मित्रता र भविष्यको साझा विकासबारे उल्लेख गरिएको छ। पहिलो,चीन र अरबेली मुलुकको आदानप्रदान २ हजार वर्ष अगाडि शुरू भएर प्राचिन सिल्क रोडबाट चीन र अरब सभ्यता आदानप्रदान भइरहेको छ। दोस्रो,चीन र अरबेलस् मुलुकले एकता र सहकार्य गरी नयाँ युगको चीन अरब भाग्य एकरूपताको स्थापना गर्ने छन्। तेस्रो,चीन-खाडी रणनैतिक साझेदारी सम्बन्धको स्थापना गर्ने छ। चौथो,चीन-साउदी अरेबिया सम्पूर्ण रणनैतिक साझेदारी सम्बन्धमा नयाँ पाइला अघि बढाउने छ।

चीनले नयाँ विकासबाट अरबेली मुलुक लगायत विश्वका विभिन्न मुलुकलाई नयाँ मौका प्रदान गरेर अरबेली दाजुभाइसँग ऐतिहासिक मित्रताको बिँडो थाम्न संयुक्त रुपमा सुन्दर भविष्यको सिर्जना गर्ने छन्।

Close
Messenger Pinterest LinkedIn