नेपाली

सी चिनफिङ साउदी अरबियाको राजधानी रियाद पुग्नुभयो

cri2022-12-08 10:39:21

डिसेम्बर ७ तारिख दिउँसो चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङ विशेष विमानबाट रियाद पुग्नुभएको छ। साउदी अरेबियाका राजा सलमानको निमन्त्रणामा राष्ट्राध्यक्ष सीले पहिलो पटक चीन-अरब राष्ट्रहरु शिखर सम्मेलन र चीन-खाडी सहयोग परिषद्को शिखर सम्मेलनमा भाग लिनुहुने छ। साथै उहाँले साउदी अरेबियाको राजनैतिक भ्रमण पनि गर्नुहुने छ।

राष्ट्राध्यक्ष सी चिनफिङको विशेष विमान रियादको किङ खालिद विमानस्थलमा अवतरण गर्दा साउदी अरब पक्षले उहाँको भव्य र न्यानो स्वागत गरेको थियो। आफ्नो भाषणमा सी चिनफिङले चीन सरकार र जनताको तर्फबाट साउदी अरबीय सरकार र जनतालाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ। सी चिनफिङले ३२ वर्षअघि चीन र साउदी अरेबिया बीच दौत्य सम्बन्ध स्थापना भए यता दुई पक्ष बीचको रणनीतिक पारस्परिक विश्वास निरन्तर सुदृढ भएको र विभिन्न क्षेत्रमा व्यावहारिक सहयोगले फलदायी नतिजा हासिल गरेको औँल्याउनुभयो। उहाँले भन्नुभयो, ‘सन् २०१६मा बृहत् रणनीतिक साझेदारीको स्थापना गर्दै राजा सलमान र मैले चीन–साउदी अरेबिया सम्बन्धलाई ठोस विकास हासिल गर्न नेतृत्व गरेका छौँ, यसले दुई जनतालाई फाइदा मात्रै नभई क्षेत्रीय शान्ति, स्थिरता, समृद्धि र विकासलाई पनि बलियो रूपमा प्रवर्द्धन गरेको छ।’

Close
Messenger Pinterest LinkedIn