नेपाली

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समिति व्यूरोद्वारा एक सम्मेलनको आयोजना, सन् २०२३ को आर्थिक कार्यको अध्ययन

cri2022-12-07 15:09:48

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समिति व्यूरोले ६ तारिख एउटा सम्मेलनको आयोजना गरी सन् २०२३ को आर्थिक कार्यको विश्लेषण र अध्ययन गर्नुका साथै सन् २०२३ को भ्रष्टाचार विरोधी कार्यको व्यवस्थापन गरेको छ। चीनका राष्ट्राध्यक्ष सी चिन फिङले उक्त सम्मेलनको अध्यक्षता गर्नुभएको छ।

आगामी वर्ष चीनमा सक्रिय वित्तीय नीति र स्थिर मौद्रिक नीति लागू गर्दै जाने, महामारीको प्रतिरोध गर्ने कदमलाई सुधार पार्ने, गुणस्तरीय विकासलाई अघि बढाउने सम्मेलनमा औँल्याइएको छ। आन्तरिक आवश्यकतालाई विस्तृत पारेर उपभोगको आधारभूत भूमिका तथा लगानीको मुख्य भूमिका निर्वाह गर्ने सम्मेलनमा जनाइएको छ।

चीनको भ्रष्टाचारविरूद्धको युद्धमा सफलता प्राप्त गरे तापनि उक्त काम पूरा नभएकोले पार्टी र राष्ट्रिय निगरानी प्रणालीको सुधार गर्ने पनि उक्त सम्मेलनमा जनाइएको छ।

Close
Messenger Pinterest LinkedIn