नेपाली

चीन र लाओसका राष्ट्रनायकबीच भेटवार्ता

CRI2022-11-30 20:19:05

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव एवम् चीनका राष्ट्राध्यक्ष सी चिनफिङले नोभेम्बर ३० तारिख जन वृहत् सभा भवनमा लाओस जन क्रान्ति पार्टी केन्द्रीय समितिका महसचिव एवम् राष्ट्राध्यक्ष थोङलुन सिसौलिथसँग भेटवार्ता गर्नुभएको छ।

“दीर्घकालीन स्थिरता, मैत्रिपूर्ण छिमेक, आपसी विश्वास, चौतर्फी सहयोग” सिद्धान्त र “राम्रा साथी, कमरेड, साझेदारी” भावनाको पालना गरेर राजनीतिमा आपसी सम्मान तथा विश्वास, अर्थतन्त्रमा आपसी हितकर, सँस्कृतिमा आपसी बुझाइ तथा प्रेमिल भएर चीन र लाओसको भाग्य समुदायको निर्माणलाई गहन पारी मानव भाग्य समुदाय निर्माणका लागि सक्रिय प्रयास तथा योगदान दिने कुरामा उहाँहरूले जोड दिनुभएको छ।

Close
Messenger Pinterest LinkedIn