राष्ट्राध्यक्ष सी चिनफिङद्वारा नयाँ युगमा चीन र क्युबाबीचको सम्बन्धलाई निरन्तर रुपमा सबल पार्ने कुरामा जोड
नोभेम्बर २५ तारिख चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका महासचिव एवम् चीनका राष्ट्राध्यक्ष सी चिनफिङले जनवृहत् सभाभवनमा चीनको भ्रमणमा रहनुभएका क्युबाको कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका प्रथम सचिव एवम् क्युबाका राष्ट्राध्यक्ष मिगुएल डिएज क्यानेल बर्मुडेजसँग भेटवार्ता गर्नुभएको छ।
राष्ट्राध्यक्ष सीले क्युबा नयाँ चीनसँग दौत्य सम्बन्ध स्थापना गर्ने पश्चिमी गोलार्द्धको पहिलो मुलुक भएको भन्दै चीन र क्युबाबीचको सम्बन्ध समाजवादी मुलुकहरूबीच एकता र सहयोग तथा विकासोन्मुख मुलुकहरूबीच एक अर्कालाई सहयोग गर्ने नमूना बनेको बताउनुभयो। उहाँले चीनले क्युबासँग राजनीतिक पारस्परिक विश्वासलाई निरन्तर रुपमा सबल पार्ने, व्यवहारिक सहयोगलाई विस्तार गर्ने, केन्द्रीय हित समस्यामा एक अर्कालाई समर्थन दिने, अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मामिलामा समन्वय बढाउने, नयाँ युगमा चीन र क्युबाबीचको सम्बन्धलाई निरन्तर रुपमा सबल पार्ने कुरामा जोड दिनुभयो।
क्युबाका राष्ट्राध्यक्ष डिएज क्यानेलले चीनको राजकीय भ्रमण गर्न निमन्त्रणा दिएकोमा राष्ट्राध्यक्ष सीलाई कृतज्ञाता व्यक्त गर्नुभयो।