नेपाली

चिनियाँ राष्ट्राध्यक्ष सी तथा जनवादी गणतन्त्र कंगोका राष्ट्रपति बीच बधाई सन्देश आदानप्रदान

CRI2022-11-24 15:35:51

नोभेम्बर २४ तारिख चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङ तथा जनवादी गणतन्त्र कंगोका राष्ट्रपति फेलिक्स-एन्टोनी शिसेकेडी शिलोम्बो बीच दुई देश बीचको सम्बन्ध सामान्यीकरण भएको ५०औँ वार्षिकोत्सवको अवसरमा बधाई सन्देश आदानप्रदान भएको छ।

बधाई सन्देशमा चिनियाँ राष्ट्राध्यक्ष सीले यसरी औँल्याउनुभयोः चीन–कंगो सम्बन्धको विकासलाई निकै महत्व दिँदै राष्ट्रपति शिसेकेडीसँग मिलेर दुई देश बीचको सम्बन्ध सामान्यीकरण भएको ५०औँ वार्षिकोत्सवको अवसर पारेर राजनीतिक, पारस्परिक विश्वासलाई प्रगाढ बनाउने,‘बेल्ट एण्ड रोड'निर्माणको सहयोगलाई संयुक्त रूपमा सुदृढ गर्ने र आपसी सम्बन्धमा नयाँ परिस्थिति सिर्जना गर्ने इच्छा चीनले लिएको छ।

सन्देशमा, गणतन्त्र कंगोका राष्ट्रपति शिसेकेडीले चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको महासचिवमा पुनःनिर्वाचित हुनुभएकोमा राष्ट्राध्यक्ष सी चिनफिङलाई हार्दिक बधाई व्यक्त गर्नुभएको छ। साथै उहाँले दुई देश बीचको परम्परागत मित्रतालाई अझ प्रगाढ बनाउँदै दुई देश बीचको रणनीतिक साझेदारी सहयोगात्मक सम्बन्धमा नयाँ उपलब्धि हासिल गर्न र दुई देशका जनताको हित कल्याण सिर्जना गर्न इच्छुक रहेको पनि उल्लेख गर्नुभएको छ।

Close
Messenger Pinterest LinkedIn