नेपाली

एपेक शिखर सम्मेलनलाई सी चिनफिङद्वारा सम्बोधन

CRI2022-11-18 09:39:28

नोभेम्बर १७ तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङले बैंककमा आयोजित एशिया तथा प्रशान्त क्षेत्र आर्थिक तथा सहयोग संगठनको वाणिज्य नेता शिखर सम्मेलनमा उपस्थित हुँदै प्रारम्भिक उद्देश्यमा अडिग रहेर संयुक्त रूपमा विकासलाई बढाउँदै एशिया तथा प्रशान्त क्षेत्रको सहयोगमा नयाँ अध्याय खोल्ने शीर्षकमा सम्बोधन गर्नुभएको छ। उहाँले एशिया तथा प्रशान्त क्षेत्रको भाग्य समुदायको रचना गर्न दृढताका साथ प्रबर्द्धन गरी एशिया तथा प्रशान्त क्षेत्रको स्थिर तथा समृद्ध विकासमा थप योगदान गर्न दोहोर्याउनुभयो।

राष्ट्राध्यक्ष सी चिनफिङले नयाँ स्थितिमा हामीले इतिहासबाट अनुभव सिकेर एशिया तथा प्रशान्त क्षेत्रको आर्थिक एकीकरणलाई बढाई एशिया तथा प्रशान्त भाग्य समुदायको रचना गर्नुपर्ने कुरामा जोड दिनुभयो।

राष्ट्राध्यक्ष सीले शान्ति विकासको आधारलाई दृढ बनाउने, जनताको केन्द्रित विचारमा अडिग रहने, अझ उच्च स्तरीय खुला ढाँचाको रचना गर्ने, अझ उच्च तहको इन्टर्कनेक्शनलाई व्यवहारमा उतार्ने, स्थिर तथा सुचारू औद्योगिक आपूर्ति श्रृंखलाको निर्माण गर्ने, आर्थिक अनुकूलन र स्तरोन्नति प्रवर्द्धन बढाउने प्रस्ताव पनि प्रस्तुत गर्नुभएको थियो।

Close
Messenger Pinterest LinkedIn