नेपाली

सी चिनफिङ र फिलिपिन्सका राष्ट्रपति मार्कोस बीच भेटवार्ता

cri2022-11-18 10:13:21

नोभेम्बर १७ तारिख चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले थाइल्याण्डको बैंककमा फिलिपिन्सका राष्ट्रपति मार्कोससँग भेटवार्ता गर्नुभएको छ। राष्ट्राध्यक्ष सी चिनफिङले चीनले फिलिपिन्ससँगको सम्बन्धलाई सधैँ रणनीतिक दृष्टिकोणबाट हेर्दैआएको तथा फिलिपिन्ससँगको मित्रतालाई कायम राख्दै मिलेर काम गर्न इच्छुक रहेको बताउनुभयो।

यस वर्षको मे महिनामा राष्ट्राध्यक्ष सीले फिलिपिनी राष्ट्रपति मार्कोससँग फोनमा कुराकानी गर्दै नयाँ युगमा चीन-फिलिपिन्स सम्बन्धको विकासका लागि महत्वपूर्ण सहमतिहरु प्राप्त गर्नुभएको थियो। दुई पक्षले कृषि, पूर्वाधार, ऊर्जा र मावनीय संस्कृति गरी चार प्रमुख सहयोगहरू पहिचान गरेको थियो जसबाट दुई मुलुकका जनतालाई फाइदा पुर्याउनसकिन्छ।

फिलिपिनी राष्ट्रपति मार्कोसले फिलिपिन्स र चीनबीच हजारौँ वर्षको मैत्रीपूर्ण आदानप्रदानको इतिहास रहेको र आपसी दौत्य सम्बन्ध स्थापना भएदेखि नै विभिन्न क्षेत्रमा सहयोग निरन्तर रूपमा अगाडि बढिरहेको बताउनुभयो। राष्ट्रपति मार्कोसका अनुसार, चीनले फिलिपिन्सको राष्ट्र निर्माणमा सहयोग गर्दै महत्वपूर्ण योगदान दिएको छ। फिलिपिन्सले एक चीन नीतिलाई निरन्तरता दिने, शान्तिको सिद्धान्तलाई पालना गर्ने, स्वतन्त्र कूटनीतिको पालना गर्ने छ।

Close
Messenger Pinterest LinkedIn