नेपाली

चिनियाँ राष्ट्राध्यक्ष र दक्षिण कोरियाली राष्ट्रपति बीच भेटवार्ता

cri2022-11-16 10:07:56

नोभेम्बर १५ तारिख चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले बाली टापुमा दक्षिण कोरियाका राष्ट्रपति युन सियोक युसँग भेटवार्ता गर्नुभएको छ। राष्ट्राध्यक्ष सीका अनुसार चीन र दक्षिण कोरिया अविच्छिन्न छिमेकी र सहयोगात्मक साझेदारी हुन्। यस वर्ष यी दुवै पक्षबीचको दौत्य सम्बन्ध स्थापना भएको ३०औँ वार्षिकोत्सव हो। तीस वर्षको इतिहासबाट चीन र दक्षिण कोरियाबीचको सम्बन्धको स्थिर तथा स्वस्थ विकास दुई राष्ट्रका जनताको हितसित अनुकूल छ। चीनले दक्षिण कोरियासँग मानवीय तथा सांस्कृतिक आदानप्रदान तथा सहयोगलाई प्रबर्द्धन गर्दै वास्तविक रुपमा बहुपक्षीयवादलाई व्यवहारमा उतार्दै जाने आशा छ।

कोरियाका राष्ट्रपति युनका अनुसार दक्षिण कोरियाले दौत्य सम्बन्धको ३०औँ वार्षिकोत्सवलाई अवसरको रूपमा लिँदै चीनसँग पारस्परिक सम्मान तथा पारस्परिक हित आधारित परिपक्व सम्बन्धको विकास गर्ने आशा गरेको छ।

Close
Messenger Pinterest LinkedIn