नेपाली

राष्ट्राध्यक्ष सी चिनफिङद्वारा १७औँ जी-२० शिखर सम्मेलनमा भाग लिँदै महत्त्वपूर्ण सम्बोधन

cri2022-11-15 14:37:02

नोभेम्बर १५ तारिख १७औँ जी-२०सम्मेलन इन्डोनेसियाका बालीमा आयोजना भएको छ। चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले "समयका चुनौतीहरूको सामना गर्ने र सँगसँगै राम्रो भविष्य निर्माण गर्ने" शीर्षकमा महत्त्वपूर्ण सम्बोधन गर्नुभएको छ।

आफ्नो सम्बोधनमा सी चिनफिङले मानव विकासले अहिले ठूलो चुनौती सामना गरिरहेको बताउनुभयो। उहाँले भन्नुभयोः सबै देशहरूले मानवजातिको साझा भविष्यको साथ समुदायको भावना स्थापित गर्नुपर्छ,जी-२० का सदस्य देशहरूले प्रमुख देशको जिम्मेवारी वहन गर्नुपर्छ, प्रत्येक देशको विकास खोज्नुपर्छ, मानव जातिको कल्याण खोज्नुपर्छ र विश्वको प्रगति खोज्नुपर्छ।

राष्ट्राध्यक्ष सी चिनफिङले वर्तमान परिस्थितिमा थप समावेशी विश्व विकासलाई बढावा दिनुपर्ने पनि औँल्याउनुभयो। उहाँले वास्तविक विकास भनेको सबै देशको साझा विकास भएको भन्नुभयो। उहाँले सन् २०२१ मा आफ्नो विश्वव्यापी विकास पहल प्रस्तुत गरिनुको उद्देश्य विश्वका सबै देशको साझा विकास र प्रगतिलाई प्रवर्द्धन गर्नु रहेको पनि बताउनुभयो।

राष्ट्राध्यक्ष सीले विश्व आर्थिक पुनरुत्थानका लागि साझेदारी निर्माण गर्न, विकासलाई प्राथमिकतामा राख्न, जनतालाई केन्द्रमा राख्न, विकासोन्मुख देशहरूको कठिनाइलाई सधैँ मनमा राख्न पनि औँल्याउनुभयो। चीनले अफ्रिकी संघलाई जी-२० मा सामेल हुनकालागि समर्थन गर्दछ, उहाँले भन्नुभयो।

राष्ट्राध्यक्ष सीले विश्व विकासको क्षेत्रमा खाद्य र ऊर्जा सुरक्षा सबैभन्दा महत्वपूर्ण चुनौती रहेको पनि औँल्याउनुभयो। उहाँले भन्नुभयोः हामीले खाद्य र ऊर्जाका मुद्दाहरूको राजनीतिकरण, उपकरणीकरण तथा हतियारीकरणको दृढतापूर्वक विरोध गर्नुपर्छ, एकपक्षीय प्रतिबन्धहरू फिर्ता लिनुपर्छ, सम्बन्धित वैज्ञानिक र प्राविधिक सहयोगमा लगाइएका प्रतिबन्धहरू हटाउनुपर्छ।

राष्ट्राध्यक्ष सी चिनफिङले चीनले शान्तिपूर्ण विकासको मार्गलाई अडिग रूपमा पछ्याउने, सुधारलाई गहन बनाउने, खुलापनलाई विस्तार गर्ने र चिनियाँ शैलीको आधुनिकीकरणको माध्यमबाट चिनियाँ राष्ट्रको उत्कृष्ट पुनरुत्थानलाई अटल रूपमा प्रवर्द्धन गर्ने बताउनुभयो। निरन्तर आधुनिकीकरणतर्फ अघि बढिरहेको चीनले विश्वका लागि थप अवसरहरू प्रदान गर्ने पनि उहाँले औँल्याउनुभयो।

Close
Messenger Pinterest LinkedIn