नेपाली

चिनियाँ अन्तरिक्ष उद्योगका युवाहरूलाई राष्ट्राध्यक्ष सी चिनफिङको जवाफी चिठ्ठी

CRI2022-11-13 15:45:36

चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले नोभेम्बर १२ तारिख चीन अन्तरिक्ष उद्योग ग्रूप अन्तर्गत शनफै कम्पनीको युवा टोलीका सदस्यहरूलाई जवाफी पत्र पठाउँदै चीनलाई अन्तरिक्ष क्षमतायुक्त मुलुक बनाउनको लागि योगदान गर्न प्रोत्साहित गर्नुभएको छ।

उदाहरणीय व्यक्तित्व लो याङबाट सिक्दै अन्तरिक्ष प्रबन्धको अनुसन्धान तथा विकासमा केन्द्रित भएर योगदान गर्ने उनीहरूको भावनाको पनि सीले प्रशंसा गर्नुभएको छ।

सन् २०१२को नोभेम्बर २६ तारिख सी चिनफिङले चीन अन्तरिक्ष उद्योग ग्रूप अन्तर्गत शनफै कम्पनीका मुख्य प्रबन्धक लो याङले कामको कारणले ज्यान गएको सम्बन्धमा लो याङबाट सिक्न महत्वपूर्ण आदेश दिनुभयो। सन् २०१३ यता, व्यापक युवा कर्मचारीमध्येका ३.७ लाख जनाले लो याङसँगको सिकाइ कार्यक्रममा भाग लिएका थिए। हालै सोही कम्पनीको युवा टोलीका सदस्यहरूले सीलाई एक चिठ्ठी लेख्दै देशको लागि योगादन दिँदै जाने प्रतिवद्धता प्रकट गरे।

Close
Messenger Pinterest LinkedIn