नेपाली

चीनको परराष्ट्र मन्त्रालयलद्वारा विभिन्न पक्षले विश्व अर्थतन्त्रको पुनरुत्थानलाई अगाडि बढाउने र सहयोगलाई बढाउने अपेक्षा

CRI2022-11-11 18:35:26

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता चाउ लीचेनले राष्ट्राध्यक्ष सी चिनफिङले बीस मुलुक समूह बाली टापू शिखर सम्मेलनमा भाग लिनुहुने जानकारी दिँदै चिनियाँ कम्युनिष्ट पार्टीको बीसौं महाधिवेशनको आयोजना भएपछि चीनका सर्वोच्च नेताले बहुपक्षीय शिखर सम्मेलनमा भाग लिन लागेको पहिलो पटक भएको पनि बताउनुभएको छ।

चाउकाअनुसार, अन्तर्राष्ट्रिय आर्थिक सहयोगको मुख्य मञ्चको रुपमा बीस मुलुक समूहले एकता र सहयोगलाई बढाउने, समष्टिगत अर्थतन्त्र नीतिको सामान्जस्यता गर्ने, विश्वको सशक्त, दिगो र सन्तुलित बृद्धिलाई बढाउने कुरा व्यक्त गर्नुका साथै चीनले इन्डोनेशियाको अध्यक्षताको समर्थन दिने र विभिन्न पक्षले आर्थिक पुनरुत्थान क्षेत्रमा सहयोगलाई बढाउने छ।

एशिया प्रशान्त आर्थिक सहयोग संगठन एशिया प्रशान्त क्षेत्रको महत्वपूर्ण सहयोग चौतारो हो। राष्ट्राध्यक्ष सीले एशिया प्रशान्त आर्थिक सहयोग संगठनका नेताहरूको सम्मेलनमा सम्बोधन गर्नुहुने, एशिया प्रशान्तको सहयोगलाई सबल पार्ने, क्षेत्रीय र विश्वको आर्थिक बृद्धिलाई बढाउनेसम्बन्धी चीनको महत्वपूर्ण अडानबारे चौतर्फी रुपमा ब्याख्या गर्नुहुने छ।

Close
Messenger Pinterest LinkedIn