नेपाली

सी चिनफिङद्वारा चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक ब्यूरोको स्थायी समितिको बैठकको अध्यक्षता

CRI2022-11-10 19:34:26

चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक ब्यूरोको स्थायी समितिले नोभेम्बर १० तारिख बैठकको आयोजना गरी कोरोना भाइरस महामारीको रोकथाम तथा नियन्त्रण कार्यबारे सुनुवाइ गर्दै रोकथाम तथा नियन्त्रण कार्यसम्बन्धी बीस कदमको अनुसन्धान गरेको छ। चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका महासचिव सी चिनफिङले उक्त बैठकको अध्यक्षता गर्नुका साथै सम्बोधन गर्नुभएको छ।

उक्त बैठकअनुसार, चीन ठूलो जनसंख्या भएको मुलुक हो। चीनको क्षेत्रीय विकास असन्तुलित छ। चिकित्सा स्रोत साधन कमजोर छ। महामारीको रोकथाम तथा नियन्त्रण स्थिति सधैं नै गम्भीर छ। महामारीको रोकथाम तथा नियन्त्रण कार्य वैज्ञानिक र सटीक रुपमा गरिनुपर्छ।

उक्त बैठकले चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको निर्णयलाई चौतर्फी रुपमा व्यवहारमा उतार्नुपर्ने, जनतालाई प्राथमिक स्थानमा राख्नुपर्ने, महामारीको रोकथाम तथा नियन्त्रण र आर्थिक तथा सामाजिक विकास प्रभावकारी रुपमा सामना गर्नुपर्ने, जनताको जीवको सुरक्षा र स्वास्थ्यको प्रत्याभूति गर्नुपर्ने, महामारीबाट आर्थिक तथा सामाजिक विकासमा परेको असर घटाउनुपर्ने कुरामा जोड दिएको छ।

Close
Messenger Pinterest LinkedIn