नेपाली

राष्ट्राध्यक्ष सी चिनफिङद्वारा विश्व साइबर सम्मेलन उ चन शिखर सम्मेलनलाई बधाई सन्देश

cri2022-11-09 14:54:08

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले नोभेम्बर ९ तारिख विश्व साइबर सम्मेलन सन् २०२२ उ चन शिखर सम्मेलनलाई शुभकामना सन्देश पठाउनुभएको छ।

आफ्नो सन्देशमा राष्ट्राध्यक्ष सीले डिजिटलकरणबाट ल्याइने अवसर र चुनौतीको सामना गर्दा अन्तर्राष्ट्रिय समाजले आपसी संवार्ता र आदानप्रदानलाई सबल पारी वास्तविक सहकार्यलाई गहन पार्दै जान आह्वान गर्नुभएको छ।

विश्वका विभिन्न मुलुकसँग मिलेर हातमा हात मिलाउँदै डिजिटल स्रोतको साझा उपभोग गर्ने, डिजिटल अर्थतन्त्रको सकारात्मक शक्ति विकास गर्ने, डिजिटल संस्कृतिलाई समृद्ध बनाउने, डिजिटल सहकार्य र आपसी हितयुक्त तथा साझा जीत हुने वैश्विक डिजिटल विकास हुने बाटोलाई कायम राख्दै जान चीन इच्छुक रहेको पनि राष्ट्राध्यक्ष सीले जोड दिनुभएको छ।

विश्व साइबर सम्मेलन सन् २०२२ उ चन शिखर सम्मेलन ९ तारिख चच्याङ प्रान्तको थोङ स्याङ शहरको उ चनमा शुरू भएको छ।

Close
Messenger Pinterest LinkedIn