नेपाली

“सिमसार सन्धि”मा सम्बद्ध पक्षहरूको १४औं सम्मेलनको उद्घाटन समारोहमा चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङको सम्बोधनप्रति हार्दिक प्रतिक्रिया

CRI2022-11-08 16:42:14

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले “सिमसार सन्धि”मा सम्बद्ध पक्षहरूको १४औं सम्मेलनको उद्घाटन समारोहलाई भिडियोमार्फत् सम्बोधन गर्नुभएको छ। चिनियाँ तथा विदेशी अतिथिहरूले यसप्रति हार्दिक प्रतिक्रिया जनाएका छन्।

राष्ट्राध्यक्ष सीले सम्बोधन गर्दै “सिमसारको संरक्षण गर्ने विश्वव्यापी सहमति मिलाउने, सिमसारको संरक्षण गर्ने विश्वव्यापी प्रक्रियालाई अगाडि बढाउने, सिमसारको विश्वव्यापी लाभ बढाउने” गरी तीन सूत्रीय अडान प्रस्तुत गर्नुभयो।

“सिमसार सन्धि”मा सम्बद्ध पक्षहरू सम्मेलनको कार्यकारी समितिको कार्यालयका प्रमुख मङ श्येनलिनले राष्ट्राध्यक्ष सीले मानव र प्रकृतिको मेलमिलापयुक्त अस्तित्वको आधुनिकीकरणको निर्माण गर्ने र सिमसारको संरक्षण कार्यको विकासलाई अगाडि बढाउने कुरा प्रस्तुत गर्नुभएको भन्दै, यसबाट जनतालाई केन्द्रमा राखेर सी चिनफिङको शासन अवधारणा देखिएको कुरा बताउनुभयो।

“सिमसार सन्धि”का महासचिव मुसोन्डा मुम्बाले “सिमसार सन्धि”मा सम्बद्ध पक्षहरू सम्मेलनबाट हेर्दा चीनले पर्यावरण प्रणालीको संरक्षण क्षेत्रमा सकारात्मक भूमिका निर्वाह गरेको कुरा बताउनुभयो।

Close
Messenger Pinterest LinkedIn