नेपाली

सुधार डोर्‍याउने नेता सी चिन फिङको शाङहाई बसाइको कथा

cri2022-11-08 10:33:57

सन् २००७ को मार्च महिनामा सी चिन फिङ च च्याङ प्रान्तबाट चीनको केन्द्र शासित नगर शाङ हाईमा चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्गत शाङ हाई समितिको सचिव पदमा नियुक्त हुन भएको थियो। शाङ हाई एउटा अन्तर्राष्ट्रिय आधुनिक शहर हो। त्यस बेला शाङ हाईले सन् २०१० विश्व एक्स्पोको आयोजनाको तयारी गर्दै थियो।

शाङ हाईको सचिव पदमा ७ महिना ४ दिन मात्रै रहनु भए तापनि सी चिन फिङले शाङ हाईका सम्पूर्ण १९ जिल्लाको सर्भेक्षण गर्नुभएको थियो।

सी चिन फिङले व्यावहारिक र दीर्घकालीन अवधिसम्मको दृष्टिकोणबाट सोच-विचार गरी विश्व र चीनको विकासको प्रवृति बुझ्नुभएको थियो। शाङ हाईका सचिव र पछि चिनियाँ उप-राष्ट्राध्यक्षको पदमा आसिन भएको अवधिमा उहाँले विश्व एक्स्पोको तयारी कार्यमा भाग लिनुभएको थियो। २४६ मुलुक तथा अन्तर्राष्ट्रिय संगठन सहभागी भएको शाङ हाई विश्व एक्स्पोमा चीन र विदेशका गरी ७ करोड ३० लाख दर्शक तथा आगन्तुकहरुलाई भित्र्याइएको थियो।

Close
Messenger Pinterest LinkedIn