नेपाली

फिलिपिन्समा आँधीको प्रकोपप्रति चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङद्वारा समवेदना व्यक्त

CRI2022-11-03 18:57:03

नोभेम्बर ३ तारिखमा चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले फिलिपिन्समा आँधीको प्रकोपप्रति फिलिपिन्सका राष्ट्रपति मार्कोसलाई समवेदना सन्देश पठाउनुभएको छ।

सी चिनफिङले फिलिपिन्समा आँधीबाट ठूलो धनजनको क्षति भएको थाहा पाउँदा आफू स्तब्ध भएको बताउनुभयो। चीन सरकार र जनताको तर्फबाट पीडित र घाइतेहरूको परिवारप्रति समवेदना व्यक्त गर्न चाहन्छु भन्दै राष्ट्रपति मार्कोस र फिलिपिन्स सरकारको नेतृत्वमा विपद् प्रभावित क्षेत्रका जनताले विपद्लाई पार गरेर आफ्नो घर पुनर्निर्माण गर्न सक्ने विश्वास व्यक्त गर्नु भएको छ। उहाँले फिलिपिन्सको विपद्पछिको पुनर्निर्माणका लागि चीनले आफ्नो क्षमताअनुसार सहयोग गर्ने इच्छा पनि प्रकट गर्नु भएको छ।

Close
Messenger Pinterest LinkedIn