नेपाली

सीपीसीका सहासचिव र भियतनाम कम्युनिष्ट पार्टीका महासचिवबीच भेटवार्ता

cri2022-10-31 20:52:07

चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव सी चिनफिङले अक्टोबर ३१ तारिख जन बृहत सभाभवनमा चीन भ्रमणमा रहनुभएका भियतनाम कम्युनिष्ट पार्टीका महासचिव नुएन फू ट्रोङसँग भेटवार्ता गर्नुभएको छ। दुबै पक्षले सहमति हासिल गरेको १६ शब्दे नीतिनियमलाई पालन गर्दै आपसी परम्परागत मित्रतालाई मजबुत बनाउने कुरामा दुवै नेताले जोड दिनु भएको छ। आपसी आदानप्रदानलाई बढाउँदै राजनीतिक विश्वासलाई बलियो बनाउँदै नयाँ युगमा चीन भियतनामबीचको चौतर्फी रणनीतिक सहयोगात्मक साझेदारी सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने प्रयास गर्नुपर्ने सी चिनफिङले बताउनुभयो। चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले जोड दिनुभएअनुसार नयाँ चीनको उल्लेखनीय उपलब्धिबाट चीनको विशेष विकास बाटो विकासको मागसित अनुकूल छ। भियतनाम कम्युनिष्ट पार्टीको १३ औँ महाधिवेशनपछि कम्युनिष्ट पार्टीको नेतृत्वमा जनताले धेरै उपलब्धि पाएका छन्। दुबै मुलुकका कम्युनिष्ट पार्टीले आ-आफ्ना राष्ट्रिय अवस्थामा आधारित भई सफलताका साथ आफ्नो विकासमार्ग खोजेका छन्।

Close
Messenger Pinterest LinkedIn