नेपाली

राष्ट्राध्यक्ष सी चिनफिङद्वारा रूस-चीन मित्रता संघ स्थापना भएको ६५औँ वार्षिकोत्सवको अवसरमा बधाई सन्देश

CRI2022-10-31 15:20:59

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले २९ तारिख रूस-चीन मित्रता संघ स्थापना भएको ६५औँ वार्षिकोत्सवको अवसरमा बधाई सन्देश पठाउनुभएको छ।

उहाँका अनुसार, रूस-चीन मित्रता संघ स्थापना भएको ६५ वर्षयता चीनका लागि मैत्रिपूर्ण हुने धारणलाई लिएर दुई देशका जनताबीचको बुझाइ, मित्रता, विश्वासको प्रवर्द्धन र दुई देशको मैत्रिपूर्ण सम्बन्धको सामाजिक आधारलाई सुदृढ गर्न महत्वपूर्ण योगदान दिएको छ। हाल चीन र रूसबीचको नयाँ युगमा चौतर्फी रणनीतिक समन्वय साझेदारी सम्बन्धले उच्चस्तरीय विकास प्रवृत्तिलाई कायम राखेर विभिन्न क्षेत्रको आदानप्रदान तथा सहयोग क्रमशः गहन पार्नुका साथै जनताबीचको मित्रता पनि क्रमशः बलियो बन्दैगएको छ। चीन र रूसको जन मित्र कार्यको भविष्य व्यापक र सुन्दर छ। रूस-चीन मित्रता संघले परम्पराको विकास गरेर अझ बढी भूमिका खेल्ने आशा राष्ट्राध्यक्ष सीले व्यक्त गर्नुभएको छ।

सोहि दिन रूसी राष्ट्रपति भ्लाडिमिर पुटिनले पनि बधाई सन्देश पठाउनुभएको छ।

Close
Messenger Pinterest LinkedIn