नेपाली

सी चिन फिङद्वारा अमेरिका-चीन सम्बन्धको राष्ट्रिय समितिको वार्षिक रात्रिभोजलाई बधाई

cri2022-10-27 15:17:50

अक्टोबर २६ तारिखमा चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले अमेरिका-चीन सम्बन्धसम्बन्धी राष्ट्रिय समितिको वार्षिक रात्रिभोजलाई बधाई सन्देश पठाउनुभएको छ।

सी चिन फिङले अमेरिका-चीन सम्बन्धसम्बन्धी राष्ट्रिय समितिको निर्देशक बोर्डका उपाध्यक्ष एवम् एन्डा समूहका अध्यक्ष इभान ग्रिनबर्गलाई उच्च पुरस्कार पाएकामा बधाई दिनुभयो। उहाँले चीन-अमेरिकाको विकास र दुई देशबीचको विभिन्न क्षेत्रमा आदान-प्रदान र सहयोगलाई सक्रिय रुपमा प्रवर्द्धन गरेकाले यस समिति र यसका सदस्यहरुको प्रशंसा गर्नुभयो।

सी चिन फिङले आजको विश्व शान्तिपूर्ण नभएको भन्दै प्रमुख शक्तिका रुपमा चीन र अमेरिकाले सञ्चार र सहयोगलाई बलियो बनाउनुपर्ने र विश्वको स्थिरता र निश्चितता बढाउन सहयोग गर्नु पर्ने कुरामा जोड दिनुभएको छ। विश्व शान्ति र विकासलाई प्रवर्द्धन गर्न मद्दत गर्ने पनि उहाँले उल्लेख गर्नु भएको छ।

चीन र अमेरिकासँग-सँगै एक अर्कालाई सम्मन गर्न,शान्तिपूर्ण रुपमा सहअस्तित्वमा रहन र विजयी सहयोग हासिल गर्न तथा नयाँ युगमा मिल्ने सही बाटो खोज्न काम गर्न इच्छुक रहेको उहाँले उक्त सन्देशमा बताउनु भएको छ। यस्ता कुराले दुवै देशलाई फाइदा मात्र नभएर विश्वलाई नै फाइदा पुग्ने राष्ट्राध्यक्ष सीले बतानउनु भएको छ।

सोही दिन अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि अमेरिका-चीन सम्बन्धको राष्ट्रिय समितिको वार्षिक रात्रिभोजलाई बधाई पत्र पठाउनुभएको छ।

Close
Messenger Pinterest LinkedIn