नेपाली

राष्ट्राध्यक्ष सी चिनफिङ सीपीसीको २० औँ महाधिवेशनको क्वाङ सी प्रतिनिधि मण्डलको छलफल कार्यक्रममा

cri2022-10-17 15:12:12

राष्ट्राध्यक्ष सी चिनफिङ १७ तारिख बिहान चिनियाँ कम्युनिष्ट पार्टीको २० औँ महाधिवेशनको क्वाङ सी प्रतिनिधि मण्डलको छलफल कार्यक्रममा सहभागी हुनुभएको छ। त्यस क्रममा उहाँले चिनियाँ कम्युनिष्ट पार्टीको २० औँ महाधिवेशनले पार्टी र देशका विभिन्न कार्यको विकास गर्ने दिशालाई अझ स्पष्ट पारेकोले चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा देशका विभिन्न जातिका जनताहरूले नयाँ युगमा चिनियाँ विशेषतायुक्त समाजवादलाई कायम राख्ने र त्यसलाई विकास गर्ने राजनीतिक घोषणा पत्र र कार्यकारी निर्देशिका रहेको कुरामा जोड दिनुभएको छ।

क्वाङ सी प्रतिनिधि मण्डलका ५ जना प्रतिनिधिले वास्तविक अवस्था बमोजिम महाधिवेशनको प्रतिवेदनबारे आ-आफ्नो राय सुझाव प्रस्तुत गरेका छन्। उनीहरूले चिनियाँ शैलीको आधुनिक क्वाङ सीको निर्माण गर्ने, चीन राष्ट्र समुदायको विचारधारालाई सुदृढ पार्ने, क्वै लिनका पर्यावरणीय प्रणालीको संरक्षण गर्ने, विशेषतायुक्त कृषि व्यवसायको विकास गर्ने र आत्मनिर्भर सिर्जनशील बन्ने आदि विषयबारे विचार व्यक्त गरेका छन्।

प्रतिनिधिहरूको राय सुझाव सुनेपछि राष्ट्राध्यक्ष सीले चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा विभिन्न जातिका जनताहरूले एकताबद्ध भएर सबैको शक्तिलाई सङ्कलन गरी चीन राष्ट्रको महान पुनरूत्थान कार्यलाई अगाडि बढाउँदै जान आह्वान गर्नुभएको छ।

Close
Messenger Pinterest LinkedIn