नेपाली

सी चिनफिङः चीन निलो आकाश, हरित पानी र सफा जमीनको संरक्षणमा प्रयासरत

cri2022-10-16 12:21:02

१६ तारिख चिनियाँ कम्युनिष्ट पार्टीको २०औं महाधिवेशन पैचिङमा शुरु भएको छ। सी चिनफिङले १९औं केन्द्रीय समितिको तर्फबाट महाधिवेशन समक्ष कार्यप्रतिवेदन प्रस्तुत गर्नुभएको छ।

कार्यप्रतिवेदनमा उहाँले चर्चा गर्दै चीनले वातावरण प्रदूषणको प्रतिरोधलाई अघि बढाएको, निरन्तर रुपमा नीलो आकाश, हरियो पानी र सफा जमीनको संरक्षण गरिरहेकोले आधारभूत रूपमा गम्भीर प्रदूषण हटाएको, सहरी प्रदूषित पानीको समस्या हल गरेको, माटो प्रदूषणको प्रतिरोध गरेको, वातावरणसम्बन्धी पूर्वाधारको निर्माण गरेको र सहर तथा ग्रामीण क्षेत्रको वातावरण सुधार गरेको बताउनुभएको छ।

Close
Messenger Pinterest LinkedIn