नेपाली

सी चिनफिङद्वारा इराकी नवनिर्वाचित राष्ट्रपति रसिदलाई बधाई सन्देश

CRI2022-10-16 08:31:17

अक्टोबर १५ तारिख चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले इराकी नवनिर्वाचित राष्ट्रपति अब्दुल लतिफ रसिदलाई बधाई सन्देश पठाउनुभएको छ।

राष्ट्राध्यक्ष सी चिनफिङले चीन र इराकबीच परम्परागत मित्रता रहेको कुरा औंल्याउनुभयो। उहाँले पछिल्ला वर्षहरूमा दुई देशबीचको राजनीतिक पारस्परिक विश्वास झन् बलियो हुँदै गएको र विभिन्न क्षेत्रमा व्यावहारिक सहयोग निरन्तर अगाडि बढिरहेको बताउनुभयो।

‘म चीन-इराक सम्बन्धको विकासलाई ठूलो महत्व दिन्छु र दुई देश र जनताको हितको लागि चीन-इरान रणनीतिक साझेदारीमा नयाँ प्रगतिका लागि जोड दिन राष्ट्रपति रसिदसँगै काम गर्न इच्छुक छु’, राष्ट्राध्यक्ष सीले भन्नुभयो।

Close
Messenger Pinterest LinkedIn