नेपाली

चिनियाँ कम्युनिष्ट पार्टीको २०औँ महाधिवेशनको अध्यक्ष मण्डलको पहिलो बैठकमा सी चिनफिङको भाषण

CRI2022-10-15 19:45:17

चिनियाँ कम्युनिष्ट पार्टीको २०औँ महाधिवेशनको अध्यक्ष मण्डलको पहिलो बैठक १५ तारिख दिउँसो सम्पन्न भयो। सी चिनफिङले बैठकमा भाग लिएर महत्वपूर्ण भाषण गर्नुभयो।

बैठकका महासचिव वाङ हु निङको अध्यक्षतामा भएको बैठकमा सी चिनफिङसहित ४६ जना रहेको अध्यक्ष मण्डलको स्थायी समितिको सूचीलाई अनुमोदन गरिएको थियो।

बैठकले चिनियाँ कम्युनिष्ट पार्टीको २०औँ महाधिवेशनको योग्यता परीक्षा समितिले प्रतिनिधिहरूको योग्यतासम्बन्धी परीक्षा प्रतिवेदन पारित गरेको छ।

प्रतिवेदनका अनुसार देशभरका विभिन्न निर्वाचन एकाइबाट कुल २ हजार २९६ प्रतिनिधि निर्वाचित भई केन्द्र सरकारको स्वीकृतिमा घोषणा गरिएको थियो । समीक्षापछि २ हजार २९६ प्रतिनिधिको योग्यता मान्य भएको पुष्टि भयो । सम्मेलनमा २ हजार २९६ प्रतिनिधिहरूको उपस्थिति हुनुपर्छ।

प्रतिवेदनमा भनिएको छ कि सी चिनफिङको केन्द्रमा रहेको चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिले २०औं महाधिवेशनको चुनावलाई ठूलो महत्व दिएको छ।

चिनियाँ कम्युनिष्ट पार्टीको १९औँ महाधिवेशनको अभ्यासलाई केलाउँदै चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिले २०औँ महाधिवेशनमा सहभागी हुन ८३ जना विशेष आमन्त्रित प्रतिनिधिहरूलाई नियुक्त गरेको प्रतिवेदनमा उल्लेख छ।

अध्यक्ष मण्डलको बैठकले २० औं महाधिवेशनको एजेण्डा पनि पारित गरेको छ । यो तालिका अनुसार २०औँ महाधिवेशन अक्टोबर १६ तारिख बिहान खुल्नेछ र २२ अक्टोबरको बिहान सकिनेछ।

Close
Messenger Pinterest LinkedIn