नेपाली

चिनियाँ कम्युनिष्ट पार्टीको २०औँ महाधिवेशनको तयारी बैठक सम्पन्न, सी चिनफिङद्वारा अध्यक्षता

CRI2022-10-15 18:51:00

चिनियाँ कम्युनिष्ट पार्टीको २०औँ महाधिवेशनले १५ तारिख दिउँसो ग्रेट हल अफ द पिपुलमा पूर्व तयारी बैठक आयोजना गरेको छ। बैठकको अध्यक्षता सी चिनफिङले गर्नुभएको थियो।

चिनियाँ कम्युनिष्ट पार्टीको २०औं महाधिवेशनका प्रतिनिधि र ‘विशेष आमन्त्रित’ लगभग २ हजार ३ सय ७९ प्रतिनिधिहरु छन्। तयारी बैठकमा २ हजार ३ सय १० प्रतिनिधि र विशेष आमन्त्रित प्रतिनिधिहरुको सहभागिता रहेको थियो।

बैठकले हात उठाएर मतदान गर्दै २२ सदस्यीय प्रतिनिधि योग्यता समीक्षा समितिको सूची पारित गरेको छ। यस्तै २४३ सदस्यीय सम्मेलनको अध्यक्ष मण्डलको सूची पारित गरेको छ भने वाङ हु निङलाई सम्मेलनको महासचिवमा अनुमोदन गरेको छ।

बैठकले २०औं महाधिवेशनको एजेण्डा पनि पारित गरेको छ।

Close
Messenger Pinterest LinkedIn